नियम
मूल नियमावलीमा नियम १०क. थप

मूल नियमावलीको नियम १० पछि देहायको नियम १०क. थपिएको छ ः–
“१०क. अभिलेख व्यवस्थित गर्नु पर्ने र्ःे ः

(१) निजामती कर्मचारीको नियुक्ति, सरुवा, पदस्थापन
भएको, औषधी उपचार लिएको तथा अध्ययन बिदा, असाधारण बिदा, प्रसूति बिदा, प्रसूति
स्याहार बिदा र बेतलवी विदा लिएको विवरण निजामती कितावखानामा रहेको सम्बन्धित
कर्मचारीको वैयक्तिक विवरणमा अद्यावधिक गर्नु पर्नेछ ।

(२) नयाँ नियुक्ति हुने कर्मचारीको वैयक्तिक विवरण (सिटरोल) प्रमाणित गरी सङ्केत
नम्बर प्राप्त नगरी तलव भत्ता भुक्तानी गरिनेछैन ।

(३) निजामती कर्मचारीलाई औषधी उपचारको रकम भुक्तानी दिँदा भुक्तानी दिने
रकम सम्बन्धी अभिलेख निजामती कितावखानामा अद्यावधिक नगरी भुुक्तानी दिइने छैन ।

(४) यस नियममा उल्लेख भएका विषयमा अभिलेख राख्ने प्रयोजनको लागि लेखी
आएकोमा निजामती कितावखानाले सोही दिन वा सो दिन सम्भव नभएमा सोको भोली
पल्ट सम्ममा अभिलेख व्यवस्थित गरी छिटो साधनद्वारा सम्बन्धित कार्यालयलाई जानकारी दिनु पर्नेछ ।

(५) यस नियम बमोजिम अभिलेख अद्यावधिक नगरी निर्णय कार्यान्वयन गर्ने
जिम्मेवार पदाधिकारीलाई विभागीय सजाय हुनेछ ।”